श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन २९ गते मङ्गलबार, १२ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन शुक्लपक्षको द्वितीया तिथि ०७ः३२ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र रेवती २०ः४६ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः१६ बजे र सूर्यास्त ०६ः१० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नै कमजोरीले नोक्सान होला। सोखले फजुल खर्च बढाउन सक्छ। काम दोहो¥याउनु पर्ने हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिलेको कारोबार नमिल्नाले व्यवहारमा समस्या पर्न सक्छ। ठूलो भाग पाउने मोहले भएको वस्तुसमेत गुम्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।आम्दानी बढ्नाले काममा उत्साह जाग्नेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा राम्रै प्रगति होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाइले पनि फाइदा दिलाउनेछन् । नाम, दाम र इनाम प्राप्त होला । प्रयत्न गरे सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू सङ्ग्रह हुनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रतासमेत बढ्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक प्रभाव पनि बढ्नेछ। आफ्नो वर्ग वा क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जीवनशैली व्यस्त रहनेछ, स्वास्थ्यमा ध्यान पु¥याउनु होला । सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा पछि परिनेछ । पेसा र व्यापारमा सोचेको फाइदा नहुन सक्छ। थालेको काम दोहो¥याउनु पर्ला।