धरान । धरान जेसीजले स्वास्थ्य सचेतना जगाउने उद्देश्यले पदयात्रा (हाइकिङ) कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार धरान जेसीजको आयोजनामा धरान–१३ स्थित जानकीचोकबाट झोलुङ्गे पुल हुँदै कालीखोला, चिन्डेडाँडासम्मको करिब ८ किलोमिटर पदयात्रा गरिएको हो । पदयात्रा स्वास्थ्यका लागि फाइदाजनक भएकाले यसबारे जेसीजका सदस्यहरूसँग समुदायलाई पनि जानकारी गराउन पदयात्राको आयोजना गरिएको पदयात्राका संयोजक तोर्णबहादुर कार्कीले जानकारी दिए ।

पदयात्राले स्वास्थ्यमा फाइदा पुग्ने मात्र नभई स्थानीय पर्यटकीय स्थलहरूको प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले पदयात्रालाई प्रवद्र्धन गर्न कार्यक्रम ल्याइएको धरान जेसीजकी अध्यक्ष आयुष्मा शाक्यले बताइन् । धरान जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत पदयात्रा गरेको अध्यक्ष शाक्यको भनाइ छ । धरान जेसीजले जनवरी र फेब्रुअरीमा निर्देशित काम पूरा गरेर नेपाल जेसीजबाट ‘शतप्रतिशत क्षमता अवार्ड’ पाएको थियो ।