गायन तथा नृत्य प्रतिष्पर्धा पूर्वाञ्चल गट ट्यालेन्ट सिजन–५ को उपाधी गायनतर्फ धनकुटाका सिजन भट्टराई र नृत्यतर्फ भोजपुरकी निश्मा श्रेष्ठले जीतेका छन् ।

टिन्ज क्र्यु डान्स सेन्टर धनकुटाको आयोजनामा शनिबार राती धनकुटामा प्रतिष्पर्धामा गायनतर्फ धनकुटाकी स्वीकृति राई दोस्रो र इम्बाङ राई तेस्रो भए भने नृत्यतर्फ तेह्रथुमको द राइजिङ गल्स दोस्रो र धनकुटाको स्क्वार्ड समुह तेस्रो भए ।

got talent

गत साउनदेखि सुरु भएको प्रतिष्पर्धामा जम्मा ४ सय १७ जना सहभागी थिए । विभिन्न चरणमा भएको अडिसनबाट छनोट हुँदै फाईनलमा गायन तर्फ १२ र नृत्य तर्फ १४ गरी जम्मा २६ जना फाईनलमा पुगेका थिए । 

फाईनल चरणमा गायनतर्फ कृष्णभक्त राई र जुनी खालिङ तथा नृत्यतर्फ युसिन यस्माली मगर, दिपेश मगर र विशेष गुरुङ निर्णायक मण्डलले विजेता छनोट गरेको थियो ।

गायन तथा नृत्य दुवै विधाका विजेताले नगद २ लाख र ५ लाख बराबरको जीवन बिमाको अवसर पाएका छन् । त्यस्तै उपविजेताले २ लाख बराबरको जीवन बिमा गरिने आयोजकले जनाएको छ ।