धरान । लागूऔषध मुद्दामा छ महिना कैद र जरिबाना भई फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा जिल्ला अदालतले गत असोज २१ गते ६ महिना कैद र दुई सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेपछि फरार रहेका झापा मेचीनगर नगरपालिका–१० का ३१ वर्षीय गोरु भनिने नेसरु मियाँलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी ढुण्डीराज गिरीका अनुसार मियाँलाई जिल्ला प्रहरी कार्यालय झापाको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापामा उपस्थित गराई कैद भुक्तानका लागि कारागार पठाइएको प्रवक्ता डिएसपी गिरीले जानकारी दिए ।