श्री शालवाहनीय शाके १९४५ ने.सं.११४४ वि.सं. २०८० साल माघ २९ गते सोमबार, १२ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर। माघ शुक्ल पक्षको तृतीया तिथि १८ः०५ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पूर्वभाद्रपदा १५ः५५ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०६ः४३ बजे र सूर्यास्त ०५ः५२ बजे हुनेछ । 

– ज्यो.पंः मोहन घिमिरे, मो.नंः ९८१०४२५२५१

हेरौं आजको राशिफल ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ। उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ। तर, समयमा सजग नहुँदा अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ। धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको काम गर्न बाध्य भइनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पछिका लागि केही वस्तु त्याग्नुपर्ने स्थिति आउन सक्छ।कामकाजमा अप्ठ्यारो स्थिति आउन सक्छ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्।