गायिका जुनी खालिङ राई र गायक कृष्णभक्त राईको नयाँ गीत ‘चौबन्दी चोली’को भिडियो सार्वजनिक भएको छ ।

कृष्णभक्तकै शब्द, संगीत र एरेञ्ज रहेको लोकशैलीको यो गीतमा जुनी र कृष्णभक्तले स्वरदिएका छन् । भिडियाेमा जुनी, कृष्णभक्तसँगै एउटा दृष्यमा धरानका मेयर हर्क साम्पाङ पनि देखिन्छन् । धरान १३ आरा धरान स्थित पार्कमा हर्क र कृष्णभक्तले फूलकाे बिरुवा राेपेकाे दृष्य भिडियाेमा समेटिएकाे छ ।

गायिका जुनी खालिङकै युट्युब च्यानलबाट भिडियाे सार्वजनिक भएकाे हाे ।