श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल माघ २४ गते बुधबार, ७ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर । माघ कृष्णपक्षको द्वादशी तिथि १४ः१८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पूर्वाषाढा भोलि ०४ः५१ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः४७ बजे र सूर्यास्त ०५ः४८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश केही समस्यामा अल्झनु पर्ला। अरूका लागि बुद्धि खर्चनु पर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्म, कर्म तथा परोपकारमा प्रवृत्त भइएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शारीरिक कमजोरीले भने चिन्ता बढाउन सक्छ। बाध्यताले अलमल्याउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला। आध्यात्मिक चेतनाले धर्म, कर्म र सामाजिक सेवामा प्रवृत्त गराउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अस्वस्थताले कमजोर अनुभूति हुनेछ । साधनको कमीले काम रोकिन सक्छ । बेसुरको निर्णयले समस्या आउला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्तिथिवश योजना स्थगित गर्नुपर्ला। अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनु पर्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशेष अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारजनको साथले उत्साह जगाउनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले सफल भइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विरोधीहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ ।