वराहक्षेत्र १ नम्बर वडा कार्यालयको समन्वयमा वडाको पहाडी क्षेत्र सूर्यकुण्डका दुई विद्यालयलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले न्यानो कपडा वितरण गरिएको छ । 

वडाका सूर्यकुण्ड आधारभूत विद्यालयका १ सय विद्यार्थी र पञ्चकन्या आधारभूत विद्यालयका ४८ जना विद्यार्थीलाई न्यानोकपडा वितरण गरिएको वडासदस्य कुमार भट्टराईले जानकारी दिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, एसपी विपिन रेग्मीलगायत जिल्लाका सुरक्षा निकायका अधिकारीहरुको उपस्थितिमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।   

न्यानो कपडा वितरण कार्यक्रममा वराहक्षेत्र २ का जनप्रतिनिधिहरु चुनु श्रेष्ठलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।