श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल माघ २३ गते मङ्गलबार, ६ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर। माघ कृष्ण पक्षको एकादशी तिथि १६ः२४ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र ज्येष्ठा ०७ः४९ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः४७ बजे र सूर्यास्त ०५ः४८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम रोकिन सक्छ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छिद्र खोतल्नेहरूले दुःख दिनेछन् । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। अप्ठ्यारो परिस्थितिमा पनि मिहिनेत गर्दा केही लाभ होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहबद्र्धक रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिने र नयाँ साथीभाइ भेटिनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक सुविधा जुटाउन सकिनेछ।मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। अधिकार स्थापित गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
महत्वाकाङ्क्षी कार्य शुभारम्भ हुनेछ।कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनु पर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्नेछ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला।