श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल माघ १८ गते बिहीबार, १ फेब्रुअरी २०२४, पिङ्गलनाम संवत्सर । माघ कृष्णपक्षको षष्ठी तिथि १४ः२१ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र चित्रा भोलि ०४ः०४ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः५० बजे र सूर्यास्त ०५ः४४ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नु पर्नेछ। काम अड्किनाले उद्देश्यमा पुग्न समय लाग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला । उपलब्धि जोगाउँदै लाभ लिन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि, पशुपालन तथा घरेलु कामकाजमा फाइदा हुनेछ। सामाजिक काममा जुट्न नसकिएला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहो¥याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ।