Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

alt
  • पुस १३, २०८०
  • ब्लाष्ट खबर

पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ। ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष तीन दशमलव दुई मेट्रिक टन उत्पादन भएको हो ।

माईजोगमाई गाउँपालिकाको सोयाङ, नामसालिङ इलाम नगरपालिकाको गोलाखर्क, माईखोला, भञ्ज्याङ तथा चुलाचुली गाउँपालिकाको तल्लो भू–भागलगायत क्षेत्रमा उक्त खेती विस्तार हुँदै गएको बर्देवाले बताएका छन्। “नयाँ खेतीमा किसानको आकर्षणलाई प्रोत्साहन दिन ज्ञान केन्द्रले अनुदान सहयोग सुरु गरेको छ,”उनले भने “व्यावसायिक फलफूल बगैँचा स्थापना सहयोग कार्यक्रमअन्तर्गत अनुदान दिइएका छौँ ।”

माईजोगमाई –५ सोयाङका लक्ष्मण खत्रीले चार रोपनी क्षेत्रफलमा प्रतिपिलर चारवटा बिरुवाका दरले एक सय ५० पिलर लगाएकाछन्“भर्खर ३०–४० पिलरबाट मात्र फल उत्पादन सुरु हुँदैछ, वार्षिक ८० हजार आम्दानी छ”, “कुनै दुई वर्षका, कुनै तेस्रो वर्षका बिरुवामात्र छन्, चार वर्षको म्याचोर्ड भएपछि त एउटै पिलरले ४० केजीसम्म उत्पादन दिने रहेछ।” खत्रीले इलाम बजारमा प्रतिकेजी पाँच सयका दरले बिक्री गर्दै आएका छन्। “उत्पादन बढ्दै गएपछि अन्य जिल्लाका बजार खोज्नुपर्ला, अहिलेसम्मको चैँ यहीँबाट खपत भइरहेको छ,” उनले भने।

झापाको प्यारोडाइज एग्रोफार्मबाट बिरुवा मगाएर त्यहाँको परामर्शबमोजिम खत्रीले खेती सुरु गरेको आउँदो जेठमा चार वर्ष पुग्छ। “इलाममा ड्रागन फ्रुटको खेती सुरु गर्ने सायदै म नै पहिलो होला, विज्ञको सुझाव र काम गर्ने लगनशीलताले मलाई सफल भएँ जस्तो लाग्छ,”,”उनले भने, “यसले वैशाखदेखि सुर भएर कात्तिकसम्म फल दिन्छ। स्वादिलो तथा पोषिलो यो फलको यति बेला बजारमा राम्रै माग छ।” इलाम गोलाखर्कका अर्का किसान सन्देश खड्काले ड्रागन फ्रुटलाई सजावट तथा फल उत्पादन दुवै प्रयोजनका लागि प्रयोग गरिने बताएका छन्।

यो फलको खेती पानी कम पर्ने ठाउँहरुमा एकदम राम्रो हुने गरेको ,”उनले भने “विशेषगरी सुगर र कोलेस्ट्रोलका बिरामीका लागि यो हितकर छ। यसमा प्रोटिनको प्रशस्त मात्रा पाइन्छ, जसले गर्दा सुगर र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न धेरै मद्दत गर्दछ,” किसान खड्काले बताएका छन्।

चिकित्सकका अनुसार यो भिटामिन र मिनिरल्सको राम्रो स्रोत हो। यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत भएकाले बाथरोगका बिरामीहरुलाई धेरै लाभदायक त्यतिमात्र हैन यसले मुटु पनि स्वस्थ राख्दछ ।ड्रागन फ्रुट थोरै मलिलो माटो र तापक्रममा धेरै भिन्नता भएको ठाउँमा पनि रोप्न सकिने किसान बताउँछन्। उष्ण क्षेत्र यो खेतीका लागि उत्तम मानिने किसान खत्रीले बताएका छन्।

यदि धेरै घाम लाग्ने ठाउँ छभने छाया प्रदान गरी राम्रो उत्पादन लिन सकिने उनको भनाइ छ। “यसका लागि हल्का बलौटेदेखि दोमट माटो उपयुक्त हुन्छ। प्राङ्गारिक मल धेरै भएको र पानीको निकास राम्रो भएको ठाउँ राम्रो मानिन्छ। माटो मसिनो हुने गरेर जोतेर झारहरु सफा गरी प्राङ्गारिक मल आवश्यकताअनुसार हाली बिरुवा रोप्न सकिन्छ”, ,”उनले भने।

यसको बीउबाट बिरुवा बन्न धेरै समय लाग्ने र बीउबाट फलमा मात्र गुणमा परिवर्तन आउने हुँदा फल राम्रो लाग्दैन त्यसैले व्यावसायिक खेती गर्न बीउबाट उत्पादित बिरुवाले सम्भव नहुने उहाँको सुझाव छ। ड्रागन फ्रुट खेतीका लागि थोपा सिँचाइ प्रयोग गर्नु उत्तम हुने विज्ञ बताउँछन् ।

छ गाउँपालिका र चार नगरपालिका भएको इलामका सबै पालिकामा यो खेती विस्तार भइसकेको छैन। तर हावापानी र तापक्रम मिल्ने क्षेत्रका किसान यस खेतीतर्फ आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ। वार्षिक ठूलो परिमाणमा बाहिरबाट आयात हुने ड्रागन फ्रुट जिल्लाका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुँदा अनुदानमार्फत प्रोत्साहन दिएको ज्ञान केन्द्रका प्रमुक बर्देवाले बताएका छन्। बजारको उचित व्यवस्था गरी किसानलाई थप अनुदान प्रदान गरेर स्थानीय तहले समेत प्रोत्साहन दिन सके नयाँ खेतीका रुपमा यो फल इलाममा फस्टाउने सम्भावना रहेको ”उनले बताएका छन्।

सम्बन्धित समाचार
हरकपुरमा जारी फुटबलमा कीर्तिपुर र शिवालय विजयी

धरान । मोरङको कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा जारी दोस्रो संस्करणको पु ...

सुनसरीका एसपीको नम्बर ह्याक गरी पैसा माग्दै

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ...

दिनेशको हत्या घटनाः रगतले पोतिएको त्यो साँझ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरको चौधरी परिवारमा शनिबार साँझ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
काठमा अनियमितताबारे अख्तियारलाई ध्यानाकर्षण
स्वास्थ्य सामग्री चोरी
झापामा एक सातामा १८ जना हराए, १० जना अझै सम्पर्कविहीन
छठ पर्वको सन्देश
आजको राशिफलः २०८२ साल कात्तिक १२ गते बुधबार
छठ पर्व सांस्कृतिक एकताको आधार
सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट
धरानको छठ: तस्बिरसहित
लागूऔषधसहित धरानबाट एक जना पक्राउ
दोस्रो धरान वडास्तरीय महिला फुटबलको मङ्सिर १८ बाट
दोस्रो धरान वडास्तरीय महिला फुटबलको मङ्सिर १८ बाट
'मुस्कुराउने रहर' लोकार्पण
बेलबारीको जुरालाई नव प्रतिभा गोल्डकप
मनाइयो लक्ष्मी जयन्ती
बिरामीबाट तीन तोलाको सिक्री ठगी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved