Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

alt
  • पुस १३, २०८०
  • ब्लाष्ट खबर

पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ। ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष तीन दशमलव दुई मेट्रिक टन उत्पादन भएको हो ।

माईजोगमाई गाउँपालिकाको सोयाङ, नामसालिङ इलाम नगरपालिकाको गोलाखर्क, माईखोला, भञ्ज्याङ तथा चुलाचुली गाउँपालिकाको तल्लो भू–भागलगायत क्षेत्रमा उक्त खेती विस्तार हुँदै गएको बर्देवाले बताएका छन्। “नयाँ खेतीमा किसानको आकर्षणलाई प्रोत्साहन दिन ज्ञान केन्द्रले अनुदान सहयोग सुरु गरेको छ,”उनले भने “व्यावसायिक फलफूल बगैँचा स्थापना सहयोग कार्यक्रमअन्तर्गत अनुदान दिइएका छौँ ।”

माईजोगमाई –५ सोयाङका लक्ष्मण खत्रीले चार रोपनी क्षेत्रफलमा प्रतिपिलर चारवटा बिरुवाका दरले एक सय ५० पिलर लगाएकाछन्“भर्खर ३०–४० पिलरबाट मात्र फल उत्पादन सुरु हुँदैछ, वार्षिक ८० हजार आम्दानी छ”, “कुनै दुई वर्षका, कुनै तेस्रो वर्षका बिरुवामात्र छन्, चार वर्षको म्याचोर्ड भएपछि त एउटै पिलरले ४० केजीसम्म उत्पादन दिने रहेछ।” खत्रीले इलाम बजारमा प्रतिकेजी पाँच सयका दरले बिक्री गर्दै आएका छन्। “उत्पादन बढ्दै गएपछि अन्य जिल्लाका बजार खोज्नुपर्ला, अहिलेसम्मको चैँ यहीँबाट खपत भइरहेको छ,” उनले भने।

झापाको प्यारोडाइज एग्रोफार्मबाट बिरुवा मगाएर त्यहाँको परामर्शबमोजिम खत्रीले खेती सुरु गरेको आउँदो जेठमा चार वर्ष पुग्छ। “इलाममा ड्रागन फ्रुटको खेती सुरु गर्ने सायदै म नै पहिलो होला, विज्ञको सुझाव र काम गर्ने लगनशीलताले मलाई सफल भएँ जस्तो लाग्छ,”,”उनले भने, “यसले वैशाखदेखि सुर भएर कात्तिकसम्म फल दिन्छ। स्वादिलो तथा पोषिलो यो फलको यति बेला बजारमा राम्रै माग छ।” इलाम गोलाखर्कका अर्का किसान सन्देश खड्काले ड्रागन फ्रुटलाई सजावट तथा फल उत्पादन दुवै प्रयोजनका लागि प्रयोग गरिने बताएका छन्।

यो फलको खेती पानी कम पर्ने ठाउँहरुमा एकदम राम्रो हुने गरेको ,”उनले भने “विशेषगरी सुगर र कोलेस्ट्रोलका बिरामीका लागि यो हितकर छ। यसमा प्रोटिनको प्रशस्त मात्रा पाइन्छ, जसले गर्दा सुगर र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न धेरै मद्दत गर्दछ,” किसान खड्काले बताएका छन्।

चिकित्सकका अनुसार यो भिटामिन र मिनिरल्सको राम्रो स्रोत हो। यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत भएकाले बाथरोगका बिरामीहरुलाई धेरै लाभदायक त्यतिमात्र हैन यसले मुटु पनि स्वस्थ राख्दछ ।ड्रागन फ्रुट थोरै मलिलो माटो र तापक्रममा धेरै भिन्नता भएको ठाउँमा पनि रोप्न सकिने किसान बताउँछन्। उष्ण क्षेत्र यो खेतीका लागि उत्तम मानिने किसान खत्रीले बताएका छन्।

यदि धेरै घाम लाग्ने ठाउँ छभने छाया प्रदान गरी राम्रो उत्पादन लिन सकिने उनको भनाइ छ। “यसका लागि हल्का बलौटेदेखि दोमट माटो उपयुक्त हुन्छ। प्राङ्गारिक मल धेरै भएको र पानीको निकास राम्रो भएको ठाउँ राम्रो मानिन्छ। माटो मसिनो हुने गरेर जोतेर झारहरु सफा गरी प्राङ्गारिक मल आवश्यकताअनुसार हाली बिरुवा रोप्न सकिन्छ”, ,”उनले भने।

यसको बीउबाट बिरुवा बन्न धेरै समय लाग्ने र बीउबाट फलमा मात्र गुणमा परिवर्तन आउने हुँदा फल राम्रो लाग्दैन त्यसैले व्यावसायिक खेती गर्न बीउबाट उत्पादित बिरुवाले सम्भव नहुने उहाँको सुझाव छ। ड्रागन फ्रुट खेतीका लागि थोपा सिँचाइ प्रयोग गर्नु उत्तम हुने विज्ञ बताउँछन् ।

छ गाउँपालिका र चार नगरपालिका भएको इलामका सबै पालिकामा यो खेती विस्तार भइसकेको छैन। तर हावापानी र तापक्रम मिल्ने क्षेत्रका किसान यस खेतीतर्फ आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ। वार्षिक ठूलो परिमाणमा बाहिरबाट आयात हुने ड्रागन फ्रुट जिल्लाका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुँदा अनुदानमार्फत प्रोत्साहन दिएको ज्ञान केन्द्रका प्रमुक बर्देवाले बताएका छन्। बजारको उचित व्यवस्था गरी किसानलाई थप अनुदान प्रदान गरेर स्थानीय तहले समेत प्रोत्साहन दिन सके नयाँ खेतीका रुपमा यो फल इलाममा फस्टाउने सम्भावना रहेको ”उनले बताएका छन्।

सम्बन्धित समाचार
धनकुटामा गाँजा खेती फडानी

विजयपुर । धनकुटामा प्रहरीले ६.५ रोपनी क्षेत्रफलमा अवैध रूपमा लगाइएको गाँजा ...

लाखे जात्राः पौराणिक मान्यता

नेपाल मण्डलको जेठो र अत्यन्त समृद्ध पहिचान बोकेको नेवार समुदाय कला, वास्तुक ...

लागूऔषधसहित पाँच जना पक्राउ

विजयपुर । सुनसरीमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई प ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
धनकुटामा गाँजा खेती फडानी
भदौ ४, २०८३
लाखे जात्राः पौराणिक मान्यता
भदौ ४, २०८३
लागूऔषधसहित पाँच जना पक्राउ
भदौ ४, २०८३
गोदाम र घरमा सशस्त्रको छापा
भदौ ४, २०८३
थाइल्यान्डको माए सा झरनामा अचानक बाढी, पर्यटकलाई बगाएपछि क्षेत्र बन्द
भदौ ४, २०८३
पनामा नहरका बन्दरगाह विवादमा हङकङको कम्पनीले माग्यो १.५ अर्ब डलर क्षतिपूर्ति
भदौ ४, २०८३
इरानमाथि थप कडा आर्थिक दबाब लगाउने ट्रम्पको घोषणा
भदौ ४, २०८३
पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
भदौ ४, २०८३
बारामा बालिका हत्या प्रकरण : अनुसन्धान जारी, जितपुर–सिमरामा आक्रोश कायम
भदौ ४, २०८३
प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित हुन सभामुखको निर्देशन
भदौ ४, २०८३
श्रम संस्कृतिका केन्द्रीय सदस्य खिम्दुङ निलम्बित
भदौ ३, २०८३
गाँजा खेती नियन्त्रणसँगै व्यावसायिक कृषि प्रवर्द्धन गर्न युवाको माग
भदौ ३, २०८३
ब्राउन सुगरसहित तीन जना पक्राउ
भदौ ३, २०८३
श्रम संस्कृतिका नेताविरुद्ध यौन शोषणको आरोप
भदौ ३, २०८३
डराउने होइन, जिम्मेवार बनाउने कानून बनाऊ
भदौ ३, २०८३
धनकुटामा गाँजा खेती फडानी
भदौ ४, २०८३
लाखे जात्राः पौराणिक मान्यता
भदौ ४, २०८३
लागूऔषधसहित पाँच जना पक्राउ
भदौ ४, २०८३
गोदाम र घरमा सशस्त्रको छापा
भदौ ४, २०८३
थाइल्यान्डको माए सा झरनामा अचानक बाढी, पर्यटकलाई बगाएपछि क्षेत्र बन्द
भदौ ४, २०८३
पनामा नहरका बन्दरगाह विवादमा हङकङको कम्पनीले माग्यो १.५ अर्ब डलर क्षतिपूर्ति
भदौ ४, २०८३
इरानमाथि थप कडा आर्थिक दबाब लगाउने ट्रम्पको घोषणा
भदौ ४, २०८३
पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
भदौ ४, २०८३
बारामा बालिका हत्या प्रकरण : अनुसन्धान जारी, जितपुर–सिमरामा आक्रोश कायम
भदौ ४, २०८३
प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित हुन सभामुखको निर्देशन
भदौ ४, २०८३
श्रम संस्कृतिका केन्द्रीय सदस्य खिम्दुङ निलम्बित
भदौ ३, २०८३
गाँजा खेती नियन्त्रणसँगै व्यावसायिक कृषि प्रवर्द्धन गर्न युवाको माग
भदौ ३, २०८३
ब्राउन सुगरसहित तीन जना पक्राउ
भदौ ३, २०८३
श्रम संस्कृतिका नेताविरुद्ध यौन शोषणको आरोप
भदौ ३, २०८३
डराउने होइन, जिम्मेवार बनाउने कानून बनाऊ
भदौ ३, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क