धरानः नेपाल प्रहरी श्रीमती सङ्घले बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सी कक्षका विरामीहरुलाई फलफूल र बिस्कुट वितरण गरेको छ  । 

सङ्घकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवर, सङ्घका कोशी प्रदेश अध्यक्ष अजिता देवकोटा बास्तोलालगायतका टिमले फलफूल र बिस्कुट वितरण गरे । सङ्घले  इमर्जेन्सी कक्षका करिब डेढसयजना बिरामीहरुलाई फलफूल वितरण गरेका थिए । सङ्घकी केन्द्रीय अध्यक्ष कुँवरले भनिन्, ‘सङ्घले नेपाल प्रहरीका बहालवाला, भूतपूर्वका परिवारलाई सहयोग गर्दै आएको छ । यसैगरी अस्पताल आउन नसक्ने दूरदराजमा रहेका दीनदुःखी, गरिबहरुलाई पनि सहयोग गर्दै आएको छ ।’ 

उनले सेवा नै धर्म हो भन्ने मूल नारा लिएर विभिन्न अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने क्रममा धरानको बीपीमा पनि वितरण गरेको बताइन् ।