विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरूले दश हजार फिट उड्ने रकेट बनाउँदै ६ दिने विज्ञान सम्बन्धी  कार्यशाला सोमबार सम्पन्न भएको छ। 

काठमाण्डौं बाहिर पहिलो पटक शिक्षादीप कलेजले विज्ञान सम्बन्धी ६ दिने कार्यशाला विराटनगरमा आयोजना गरेको थियो। कार्यशालामा विद्यार्थीहरूले दश हजार फिट उड्ने रकेट बनाएका छन्। उक्त रकेट शिक्षादीप कलेजमा अध्ययरत २० जना विद्यार्थीहरूले कार्यशालामा बनाएको शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए ।

६ दिनसम्म संचालन भएको कार्यशालामा विद्यार्थीहरूले रोबोटिक्स, खगोल विज्ञान, रकेट साईन्स, स्याटेलाईट टेक्नोलोजी, उडड्यन प्रविधिसँग सम्बन्धित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन गरेका छन् । कक्षा १२ मा विज्ञान संकाय अध्ययन गर्दै आएका ४९ जना विद्यार्थीहरू कार्यशालामा सहभागि भएका थिए । 

रिसिक इनोभेसन्स अन्तर्गतको ‘द स्क्वाड अफ चेन्ज मेकर्स’ सँगको सहकार्यमा शिक्षादीप कलेजले विज्ञान संकाय अध्ययनरत विद्यार्थीहरुका लागि कार्यशाला गरेको थियो। काठमाण्डौबाट द स्कुवाड अफ चेन्ज मेकर्सका अध्यक्ष सुशील देव भट्टराई, संयोजक एलन बराल, प्रशिक्षकहरु दिवस खनाल, विहाग सापकोटा, प्रनिश शर्मा, रिसम साह, सफल निरौला र विशाल न्यौपानेले विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए । 

कार्यशालाको पहिलो दिन ७ जना विद्यार्थीहरुले पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार पारेका थिए । त्यसपछि कार्यशालामा उनीहरुले १० हजार फिट उचाइमा उड्ने रकेट बनाएका हुन्। फियुलमा सुगर प्रयोग गरेर बनाउने रकेट प्रतिसेकेण्ड ७० फिट स्पीटको प्रक्षेपण गरिएको छ। कार्यशालमा विद्यार्थीहरुले सैद्धान्तिक र प्रयोगात्मक सिकेका थिए। 

received_245332348431117

कार्यशालामा विद्यार्थीहरुले १सय १० मिलिमिटरको अमेच्योर रकेट, १ यूनिटको क्युब स्याटेलाईट र ३ किलोमिटर रेन्ज भएको रिमोट कन्ट्रोल प्लेन बनाउन सिकेका छन्। त्यसैगरी विद्यार्थीहरुलाई छुद्र ग्रह पत्ता लगाउन तथा आकाशको म्यापिङ गर्न समेत सिकाएका थिए। 

समापन कार्यक्रममा बोल्दै शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले काठमाण्डौ बाहिर पहिलो पटक विज्ञानसँग सम्बन्धी कार्यशालाबाट विद्यार्थीहरुले धेरै ज्ञान आर्जन गरेको बताए । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभएर आउट नलेज व्यवहार्रमा उतारेको उनले बताएका छन्।

यस्तो कार्यशालाले विद्यार्थीलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने उनले बताए। कार्यशालाले विद्यार्थीको सीप अभिवृद्धि गरी आत्मविश्वास जोगाउने उनले बताए। अब विराटनगरमा पनि वैज्ञानिक उत्पादन हुने उनकोभनाइ छ।

कार्यक्रममा शिक्षादीप कलेजका अध्यक्ष तथा प्रदेश सांसद भिम पराजुलीले विद्यार्थीहरुको क्षमता अभिवृद्धीको लागि काठमाण्डौ बाहिर पनि विज्ञानसँग सम्बन्धी कार्यशाला जरुरी रहेको हुदा उनले रिसर्चमा राज्यले लगानी गरिनुपर्ने बताएका छन्। त्यसको लागि आगमी आर्थिक वर्षमा रिर्सचको लागि पनि बजेट बिनायोजन गर्नका लागि पहल गर्ने उनले  बताए।