धरान (ब्लाष्ट) नेपाली फिल्म कुमाक्ला फाक चाँडै प्रदर्शनमा आउने भएको छ । 

नवीन मेन्याङ्बोको निर्देशनमा बनेको फिल्मको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको छ । फिल्ममा प्रेम सुब्बा, उदय कुरुम्वाङ, नुमा लिम्वु ,  रोजनि तेयुङ, प्रकास लिम्बु , सानुराजा थेगिम , दिलु सुब्बा , राधा फोम्बो , संचमाया वरुम्हाङ,  पुर्णिमाया लिम्बु , जमुना लिम्बु , नविन पराजुलि र वाल कलाकार अकिंत लिम्बुले अभिनय गरेका छन् ।

लिम्बू संस्कारबारे समेटिएको फिल्मको चाँडै नै धरानमा विशेष प्रदर्शनी गरिने भएको निर्देशक तथा कथा साथै पटकथाकार मेन्याङ्बोले जानकारी दिए । फिल्मको निर्माता नवीन पराजुली र सुरेशकुमार थेगिम लिम्बू रहेका छन् । 

लिम्बू जातिको परम्परागत सम्बन्ध सुँगुरसँग गाँसिएको विषयलाई फिल्ममा उतार्न खोजिएको छ । फिल्म अन्तर्राष्ट्रिय चलचित्रहरूमा प्रतिस्पर्धाका लागि लगिने भएको छ । कुमाक्ला फाकको अर्थ कालो सुँगुर भन्ने लाग्दछ । फिल्म साहारा थिएटरको दोस्रो प्रस्तुति हो ।