शनिवार धरानको भानुचोकबाट पक्राउ गरीएको पाँच जना पहिचानवादी रिहा भएका छन्। प्रदेश नं १ पुनः नामाङ्कन खारेजीको माग गर्दै सवारी साधन बन्द गराउँदै हिँडेका उनीहरूलाई बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरीे उनिहरुलाई धरानको इलाका प्रहरी कार्यालयको हिरासतमा राखीएको थियो । पक्राउ परेका करुण राइ , सिताराम राई सुमन चेम्जोङ,सम्भु राई पृथक, र हरि बान्तावालाई प्रहरीले शनिबार साँझ विनासर्तमा रिहा गरेको हो। 

सडकमा अराजक तरीकाले गतिविधि देखाइएकोले उनीहरुलाई पक्राउ गरीएको  ईलाका प्रहरी कार्यलयका  डीएसपी नवराज मल्लले बताए।