नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ६३ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।आज दुई सय ८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर ३० हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा रु ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ३८, होटल तथा पर्यटन समूह शून्य दशमलव ६४, लगानी समूह शून्य दशमलव ४३ र निर्जीवन बीमा समूह शून्य दशमलव २३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव १६ र अन्य समूह शून्य दशमलव ७३ प्रतिशतले बढेको छ । 

त्यस्तै, बैंकिङ शून्य दशमलव ३५, वित्त शून्य दशमलव ३३, जलविद्युत् शून्य दशमलव ६५, जीवन बीमा शून्य दशमलव ५१ र लघुवित्त समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ ।