श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कात्तिक २१ गते मङ्गलबार, ७ नोभेम्बर २०२३, पिङ्गलनाम संवत्सर । कार्तिक कृष्णपक्षको दशमी तिथि भोलि ०८ः३६ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र मघा १६ः३४ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः१८ बजे र सूर्यास्त ०५ः१६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला । समस्या दर्शाउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला।स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूका लागि बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला । दिन रमाइलो रहनेछ।प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । अतिथिको आगमनले दिन रमाइलो रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पेसागत काममा त्यति समय दिन नसकिएला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।