श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कात्तिक २० गते सोमबार, ६ नोभेम्बर २०२३, पिङ्गल संवत्सर। कार्तिक कृष्ण पक्षको नवमी तिथि भोलि ०६ः०४ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र अश्लेषा १३ः३४ बजेसम्म, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६ः१७ बजे र सूर्यास्त ०५ः१६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पुरानो सम्झौता तोड्नुपर्ने हुनसक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ला। हतारमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिगो योजनाका साथ अघि बढ्दा लाभ मिल्नेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयमा वचन पु¥याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। हतारमा निर्णय लिँदा अप्ठ्यारो पर्ने हुँदा सजग रहनुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रक्रिया नमिल्नाले काम दोहो¥याउनुपर्ने हुनसक्छ। स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको कामले दिगो फाइदा हुनेछ। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा समय दिन नसकिएला।नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।