धरान । झापा र मोरङका विभिन्न स्थानबाट प्रहरीले शनिबार ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरीका अनुसार झापाको दमक नगरपालिका–३ बाट ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–५ का २२ वर्षीय प्रदीप लिम्बू र ३१ वर्षीय राजु दर्नाल छन् । उनीहरूको साथबाट प्रहरी चौकी बाघखोरको टोलीले तीन ग्राम ब्राउनसुगर बरामद गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै मोरङको रङ्गेली नगरपालिका–५ बाट ब्राउनसुगरसहित सुनवर्षी नगरपालिका–९ का २२ वर्षीय सञ्जुकुमार मण्डललाई पक्राउ गरिएको छ । उनको साथबाट २ सय ६० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । नियमित जाँचको क्रममा को.१ प ५७५५ नम्बरमो मोटरसाइकलका चालक मण्डलको साथबाट उक्त परिमाणमा ब्राउनसुगर बरामद गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय रङ्गेलीमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।