श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कात्तिक ५ गते आइतबार, २२ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर । असोज शुक्लपक्षको अष्टमी तिथि २०ः१९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तरषाढा १९ः०२ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः०७ बजे र सूर्यास्त ०५ः२८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका कामसमेत सम्पादन हुनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गोपनीयता भङ्ग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।     

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला।दिन रमाइलो रहनेछ। पेसा–व्यवसायबाट मनग्य फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक साधन जुट्नुका साथै दिगो काम थाल्ने समय छ। अवसरले काममा उत्साह जगाउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामका लागि सम्भावना खोजी गर्ने समय छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । समय निकै उत्साहजनक रहनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्।