श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल कात्तिक ३ गते शुक्रबार, २० अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर । आश्विन शुक्लपक्षको षष्ठी तिथि २३ः४१ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र मूल २०ः५५ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः०६ बजे र सूर्यास्त ०५ः३० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहो¥याउनु पर्ने हुनसक्छ। अनावश्यक किनमेलमा अधिक खर्च हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ। अरूका लागि बुद्धि र समय खर्चनु पर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।      
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाइबाट सहयोग मिल्नेछ। सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तले पनि उत्साह जगाउनेछन् । पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। काम बन्नाले मनग्य लाभ हुनेछ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ईष्र्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला ।