विजयपुर । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च वराहक्षेत्रको अध्यक्षमा पूर्ण एभेङ चयन भएका छन् ।

समितिको उपाध्यक्षमा रामकुमारी राई, सचिवमा कल्पना राईलगायत पुरानै सदस्यहरू छन् । यस्तै वराहक्षेत्र–३ समितिको अध्यक्षमा देवेन्द्र नेयोङ, उपाध्यक्षमा तिजन राई, सचिवमा कृष्ण राई, सह–सचिव निरध्वज लिम्बू र कोषाध्यक्ष मीना राई चयन भए ।

यसैगरी समितिको सदस्यहरूमा जुना राई, रामकृष्ण लिम्बू, डम्बर लिम्बू, हृदय राई, कमला लिम्बू चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा मञ्चका केन्द्रीय उपमहासचिव तथा सुनसरी इन्चार्ज भूपेन्द्रसुन्दर लावतीले पहिचानवादीहरूले नभई राज्यले नै जातीय हिंसा भड्काएको बताए । उनले भने, ‘सरकारले नै देशलाई ध्वस्त बनाउने अभियान चलाएर द्वन्द्व निम्त्याएको छ ।’

उनले सरकारले उद्योगी–व्यवसायीलाई विदेशिन बाध्य बनाएको आरोप लगाए । मञ्चका सुनसरी अध्यक्ष राजकुमार लिम्बू (प्रिन्स)ले पार्टीको सङ्गठन नै मेरुदण्ड भएको बताए । उनले भने, ‘सङ्गठन निर्माणमा तीव्रताका साथ अगाडि बढ्नुपर्छ ।’

कार्यक्रममा धरान नगर अध्यक्ष मोहनप्रसाद तिगेला, सुनसरी जिल्ला उपाध्यक्ष तथा क्षेत्र नं. ३ का इन्चार्ज विनोद लिम्बू, जिल्ला सचिव पवित्रा लिम्बू, प्रान्तीय केन्द्रीय समितिका काजीमान लिम्बू ओख्राबोलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सुनसरी क्षेत्र नं. १ (ख) का इन्चार्ज इन्द्रबहादुर याकुप्पा लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो ।