धरानमा हिपहप सङ्गीतमा  'द फ्लो फ्याक्ट्री' नामक नयाँ 'क्रु' लिएर आएका धराने युवाले 'हिपहप फेस्ट' आयोजना गर्ने भएका छन् ।

आगामी शनिबार आयोजना हुने 'हिपहप फेस्ट' बाट 'द फ्लो फ्याक्ट्री' धरानको 'हिपहप फ्लोर' मा पदार्पण गर्दैछ । धरानमा मध्यरातसम्म हुने मनोरन्जन र सङ्गीतको माहोल बन्द प्रायः भएको छ । यो अन्तरालमा धरानका हिपहप जनरमा काम गर्ने युवाहरु सागर छेत्री, क्षितिज राई, आयुष राई, विश्वदीप बज्राचार्य, मनिष गुरुङ र ब्राइन श्रेष्ठले हिपहपमा नयाँ काम गर्ने अठोटका साथ आएका छन् ।
धरानको बगरकोटस्थित भिन्टेज फेमिली रिसोर्टमा आगामी शनिबार आयोजना हुने 'फूलपाती हिपहप फेस्ट' मा गङ्गा वरदान, निर्णय द एनएसके, सुनिता ल्याम्बगड, इम्सी एङ्लिसा, कवि जी, योङ हस्लर, सिड वाग्ले, एम पोइन्ट, विश्वदीप, राइम फ्रेकलगायतको प्रस्तुति हेर्न सकिने छ भने डिजे डबल-बीले डिजेइङ गर्ने छन् ।

The Flow factory dharan

'फेस्ट'बारे आज मङ्गलबार धरान १ स्थित धरान 'ककटेल हाउस'मा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
'फेस्ट'मा 'कल्चरल थेम'सहित बी बोइङ, बि गर्लिङ, बिटबक्स, ग्राफिटी आर्ट, ब्रेकिङलगायतका हिपहपका जनरहरु प्रस्तुत हुने छन् । फेस्टमा डान्ससहित हिपहपका २० बढी प्रस्तुति हेर्न सकिने 'द फ्लो फ्याक्ट्री' का प्रोड्युसर सागर छेत्रीले जानकारी दिए ।

फेस्टमा सिङ्गल, कपल र भिआइपी टिकटमा प्रवेश गर्न सकिने छ भने टिकट दर क्रमशः ३ सय रुपैयाँ, ५ सय रुपैयाँ र १ हजार रुपैयाँ राखिएको छ । 

The Flow Factory