कृषि बजार किन सुक्दै गयो ? सर्वसाधारणको प्रश्न हो यो । किसानका कृषि उपजको हबका रुपमा रहेको धरानस्थित कृषि उपज बजार दसैंको मुखमा समेत सुनसान छ ।  कृषि बजारको स्थापना गर्ने समयमा यसरी बजार शून्यमा आउँछ, बजार चल्दैन, बस्दाबस्दै बिहान छ्याङ्ग हुन्छ भन्ने व्यवसायीले कल्पनासमेत गरेका थिएनन् । 

‘संरचनामात्र भएर नहुने रहेछन्, संरचनाअनुसारको कृषक आउने वातावरण हुनपर्यो’, व्यवसायी काजी गिरी भन्छन्, ‘किसानले साँझ कृषि उपज ल्याएर ओपनसेडमा राखेर यहाँ आनन्दले सुतेर भोलि बिहान बजारको मूल्यअनुसार बिक्री गर्न पाउनुपर्यो । सामानजति धरानबाहिर पुर्याएर यहाँ ड्राइभरमात्र सुत्ने ठाउँ भयो । किसानभन्दा ड्राइभर, खलासीलाई मात्र सुत्ने ठाउँ भयो कृषि बजार । उहाँहरु सामान बाहिर राख्नुहुन्छ, रित्तो, खाली गाडी ल्याउनुहुन्छ ।’ 

व्यवस्थापन पक्षको कमजोरीका कारण पनि बजार सुनसान भएको व्यवसायीको आरोप छ । हामीले व्यवसायी काजी गिरीलाई धरान कृषि बजार किन सुनसान भयो भन्ने जिज्ञासा राखेका छौं ।