दसैंको मौकामा चोरी गर्नेको अनेक दाउ हुन्छ । भीडभाडको मौका छोपी चोरीका घटना हुने गरेका छन् ।
धरानको छाताचोकस्थित विधाता स्टोरमा मोबाइल चोरी भएको छ ।
मोबाइल किन्ने बहानामा पसलमा आएका अपरिचित व्यक्तिले अढाइ लाख बराबरको २ वटा साम्सुङ ब्राण्डको मोबाइल चोरी गरेको स्टोरका सन्चालक विनोद श्रेष्ठले  बताए ।

मोबाइल खरिद गर्ने बहानामा पसलमा आएका व्यक्तिले मोबाइल प्याक गर्न लगाई अल्मल्याएर मोबाइल चोरी गरी फरार भएको सन्चालक श्रेष्ठले  बताए । 'साथीले बैंकबाट पैसा लिएर आउदैछ, मोबाइल प्याक गरिदिनुस, भन्दै वारेन्टी कार्डमा विवरण भर्न लगाएर चोर फरार भएको सन्चालकले बताए ।

बिहान ८ बजेको समयमा पसलमा आएका अपरिचित मास्क लगाएका व्यक्तिले मोबाइल चोरी गरेको सन्चालकको भनाइ छ । स्टोरको सिसी टिभी क्यामेरा बिग्रिएको मौका छोपी चोरी भएको हो ।
स्कुटीमा आएका व्यक्तिले स्कुटीको नम्बरप्लेटसमेत टेपले टासेका थिए ।

चोरीबारे प्रहरीले अनुसन्धान गर्ने बताएको छ । वडा प्रहरी कार्यालय धरानबाट प्रहरी खटाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।