धरान बुढासुब्बा मन्दिर । विविध आस्थाको प्रतीक । आज नौरथाको पहिलो दिन । बिहानै हजारौं भक्तजन र आस्थावानहरुले पूजाआजा अर्चना र भाकल गर्ने गर्थे । अहिले बुढासुब्बाको त्यो घुइँचो कथाजस्तै बनेको छ । बुढासुब्बाको पुरानो ‘नौरथा मेला’ अहिले लाग्न छाडेको छ ।  

बुढासुब्बामा अहिले धेरै कुरा फेरियो । मन्दिर फेरियो, बाँस फेरिए, बाँसमा नाम लेख्ने चलन फेरियो । र, अहिले चहलपहल पनि ।

पर्यटन विभाग र पुरातत्व विभागले बुढासुब्बा मन्दिरलाई पुनर्संरचना गर्यो । पुराना बाँसहरु नासिंदै गए । बाँसमा नाम लेख्न बन्देज लगाइयो । अहिले घेराबारा गरिएको बाँस झ्याँगमा डोरो बाँध्ने चलन सुरु भयो ।

बुढासुब्बा मन्दिर वरपरका स्थानीय व्यापारव्यवसाय धरासायी भएको गुनासो गर्छन् । मन्दिर व्यवस्थापन समितिले नयाँ चलन चलायो । अब बिहान ५ बजेपछि मात्रै मन्दिर खुल्छ । पुजारी अल्छी भए । व्यवस्थापन समिति निष्क्रिय बन्यो । वरपरका स्थानीय निहित स्वार्थमा लागे । सुरक्षा संवेदनशीलता बढ्यो । रोगव्याधि आयो । आर्थिक संकट चुलियो । मान्छे विदेशिए । असहिष्णु बढे । यस्ता थुप्रै कारणले बुढासुब्बा मन्दिरमा पनि चहलपहल घट्यो । व्यापार व्यवसाय घट्यो । 

तर पनि आस्था मरेको छैन । सबै जातजाति र धर्मका मान्छे आउने पवित्र स्थल र भक्तालुका मनोकामना पूरा गर्ने बुढासुब्बा मन्दिर अझै व्यवस्थित भने भएको छ । आज नौरथाको पहिलो दिन हामीले मन्दिरका पुजारीसँग कुरा गरेका छौं । स्थानीय व्यवसायीसँग कुरा गरेका छौं । र, एउटा भिडियो सामग्री तयार पारेका छौं । 

Budha Subba Mandir Temple dharan (2)

Budha Subba Mandir Temple dharan (3)

Budha Subba Mandir Temple dharan (1)