अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकका प्रमुखहरूले गरिबी र जलवायु परिवर्तनसँग जुध्न गरिब देशहरूलाई सहयोग पु¥याउन विश्वव्यापी ऋणदाताहरूको आर्थिक सहायता बढाउन सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् ।

सन् १९७३ पछि अफ्रिकी भूमिमा पहिलो पटक आईएमएफ र विश्व बैंकको वार्षिक बैठक मोरक्कोको माराकेशमा विश्वका अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूबीच भएको साताव्यापी वार्तामा उनीहरूले यस्तो आग्रह गरेका हुन् ।

विश्व बैंकका अध्यक्ष अजय बङ्गाले गत जुनमा पदभार ग्रहण गरेयता गरेको पहिलो औपचारिक सम्बोधनमा भन्नुभयो, “गरिबीविरुद्धको लडाइँमा हामीले घट्दो प्रगतिको सामना गरिरहेका छौं ।” उनले भने, “हामीले अस्तित्वको जलवायु सङ्कट, खाद्य असुरक्षा, कमजोरी, महामारीपछि पुन उत्थानको सामना गरिरहेका छौं र हामी सबैले द्वन्द्वको प्रभाव महसुस गरिरहेका छौं ।”

बङ्गालेथपे   “विश्वले ‘अन्तरसम्बन्धित चुनौतीहरू र भूराजनीतिक जटिलताको पूर्ण आँधीबेहरीको सामना गरिरहेको छ जसले असमानतालाई अझ बढाउँछ ।”