सुनसरी जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटना र गतिविधिबारे जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी र ब्लाष्टखबर डटकमको  सहकार्यमा ट्राफिक अपडेट बुलेटिन नियमित प्रकाशन प्रसारण सुरु भएको छ । 

सिटीसफारी अनियन्त्रित भई दुर्घटना हुँदा रामधुनीमा दुई जना घाइँते भएका छन् । 

हिजो साढे ८ बजेको समयमा रामधुनी–३ परियारपुरस्थित भित्री कच्ची सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ह १३४९ नम्बरको सिटी सफारी अनियन्त्रित भई दुर्घटना हुँदा सिटीसफारीमा सवार रामधुनी–३ की निर्मला खत्री र सोही स्थानका हरि घिमिरे घाइँते भएका छन् । 

निर्मलाकोको देब्रे खुट्टामा चोट लागेको छ । भने घिमिरेको हातमा चोट लागेको छ । दुवैको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

घाइँते दुबैको झुम्कास्थित साई अस्लतालमा उपचार गरिएको छ । सिटीसफारी र चालक रामधुनी–३ का तिलक श्रेष्ठलाई रामधुनी प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण सडकका खाल्डाखुल्डी रहेको बताइएको छ । 

traffic-update-16