उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक चर्चको छाना भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । राज्यका सार्वजनिक सुरक्षा प्रवक्ता जर्ज कुएलरले कम्तीमा सात जानको मृत्यु भएको पुष्टि गरे  । 

उनका अनुसार अनुसार भग्नावशेषबाट हालसम्म १० जनाको उद्धार गरिसकिएको छ । उद्धारकार्य जारी छ । मदेरो शहरको सान्ता क्रुज चर्च भत्किनुको कारण संरचनागत कमजोरी हुन सक्ने कुएलरले बताएका छन् ।  तामाउलिपासका गभर्नर अमेरिको भिल्लारियलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट   गरे छन् ।