विवाहित महिलाहरूबीच गरिँदै आएको मिसेस नेपाल वल्र्ड २०२३ का उत्कृष्ट २३ जना प्रतिस्पर्धी सार्वजनिक गरिएको छ ।

रिवन इन्टरटेनमेन्टले काठमाडौँमा एक कार्यक्रम गरी उत्कृष्ट २३ मा पर्न सफललाई सार्वजनिक गरेको हो । अन्तिम स्पर्धामा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठलगायत छन् ।

त्यस्तै सीता सुवेदी, सुस्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेककुमारी घले, मङ्गली सिलवाल र सरु आर एल राणा सहभागी छन् । आगामी कात्तिक २ गते काठमाडौँमा फाइनल हुँदै छ । हाल उनीहरू व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षणमा व्यस्त छन् ।

फाइनलमा मिसेस नेपाल वल्र्ड–२०२३ घोषणासहित अन्य सव–टाइटल विजेता पनि घोषणा गरिने अध्यक्ष निशुकान्त झाले जानकारी दिए । विजेताले आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वल्र्ड–२०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउन पाउनेछन् ।