विजयपुर । तीनजुरे पूर्वभेग च्याब्रुङ समूहको अध्यक्षमा कमलकुमार लुम्फुङ्वा चयन भएका छन् ।

धरानमा शुक्रबार सम्पन्न छैठौँ अधिवेशनले उपाध्यक्षमा खड्गबहादुर हुक्पा चोङबाङ, होमबहादुर लुम्फुुङ्वा, सचिवमा डिल्ली लुम्फुङ्वा, सह–सचिवमा इसुङ हुक्पा चोङ्बाङ र कोषाध्यक्ष देशबहादुर हुक्पा चोङ्बाङलाई चयन गरेको छ ।

समूहको सदस्यहरूमा आइत कन्दङ्वा, राम हुक्पा चोङ्बाङ, विनोद लुम्फुङ्वा, रोजनी लिम्बू, इछिङ्सा हुक्पा चोङ्बाङ, राधिका खापुङ र सकुन लुम्फुङ्वा चयन भएका छन् । निर्वाचन समितिको संयोजकमा मोहनकुमार हुक्पा चोङ्बाङ र सदस्यद्वयमा कुमार हुक्पा चोङ्बाङ र शेबहादुर हुक्पा चोङ्बाङ थिए ।