बेलबारी  / बेलबारी उद्योग बाणिज्य सघंको आयोजनामा बिहिबार बिहान भएको रत्तदानमा ७५ पिन्ट रगत संकलन भएको छ । बेलबारी वडा नम्बर – ३ स्थित पश्चिम बस स्टेण्ड छेउमा नेपाल रेडक्रस सोसाईटी मोरंगको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोईराला) सहित ७५ जनाले रक्तदान गरेका छन् ।

 पछिल्लो समय रगतको अत्यादि अभाव भईरहेको बेला अभाव टार्न थोरै भएपनि सहयोग पुर्याउने उदेश्यले  रसाक्तदान कार्यक्रममा आयोजना गरिएको उद्योग बाणिज्य संघ बेलबारीका अध्यक्ष अशोक श्रेष्ठले बताएका छन्। कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख कोईरालाले बिभिन्न अस्पतालहरुमा रगतको अभाव भई धेरै बिरामीहरुले ज्यान नै गुमाउनु परिरहेको अबस्थामा वाणिज्यसंघ  बेलबारीले उपयुक्त कार्यक्रमको आयोजना गरेर सकरात्मक काम गरेको बताईन ।

उवासंघ बेलबारीले नयाँ कार्यसमिति आएपछि बिभिन्न सामाजिक गतिबिधिमा समेत सक्रिय भएको छ । यसअघि ब्यबसायीहरुको ढक तराजु नापतौल,बस्तुगत समितिहरु सँग अन्तरक्रिया लगायत बिबिध कार्यक्रम सम्पन्न गरिसकेको छ ।