नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरू गर्ने सम्झौता भएको छ । 

नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपिसिआई) को अन्तर्राष्ट्रिय शाखा एनआइपिएलबीच सम्झौता भएको हो । 

फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालका अनुसार यो साझेदारी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो । 

फोनपे र एनआइपिएलबीचको सहकार्यसँगै नेपाल र भारतका नागरिकहरूलाई यी दुई नेटवर्कमा आवद्ध मोबाइल एप प्रयोग गरेर पसलहरूमा क्युआर कोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मदत गर्नेमा कम्पनीहरू विश्वस्त छन् ।

Global fintech fest fone pay with NPCI (1)

उक्त सेवाको लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेको जनाइएको छ । जानकारी अनुसार उनीहरूको प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ । 

प्राविधिक एकीकरण सकेपछि यी दुई कम्पनीहरू आफ्नो नेटवर्कमा आवद्ध सदस्यहरूलाई सेवा प्रदान गर्न सक्षम हुने विश्वास लिइएको छ । यो सेवाबाट लाखौं उपभोक्ता र व्यापारीहरूले लाभ लिन सक्नेमा दुवै पक्ष विश्वस्त छन् । दुई कम्पनी बीचको यस रणनीतिक साझेदारीले दुई देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेमा समेत उनीहरू सकारात्मक छन् । 

यो ऐतिहासिक साझेदारीको सुरुवात ‘ग्लोबल फिन्टेक फेस्ट २०२३’ मा भएको हो । उक्त फेस्टमा हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ ।

Global fintech fest fone pay with NPCI (2)