चतराघाटस्थित कोसी पुलको उदयपुर खण्डमा सवारी साधन छाडेर एक चिकित्सक बेपत्ता भएका छन् ।

मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत चिकित्सक डा. प्रज्ज्वल कोइराला बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार १-०२-००२ च  ४१६६ नम्बरको कार छाडी चिकित्सक बेपत्ता भएका हुन् ।

बेपत्ता भएका चिकित्सकलाई कोशी नदी र आसपासका क्षेत्र खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । स्थानीयवासीले बेवारिसे कार देखेपछि आज बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए ।