डेंगी महामारीको संकटमा नेपाली कांग्रेस धरानले सञ्चालन गरिरहेको ‘ग्रिन एण्ड क्लिन’ धरान अभियानका लागि औषधिजन्य सामग्री हस्तान्तरण गरिएको छ ।
बीपी कोइराला संग्रहालय एवम् अनुसन्धान केन्द्रका केन्द्रीय सदस्य तथा तरुण विभाग प्रमुख राजकुमार पराजुलीको सौजन्यमा प्यारासिटामोल एण्ड क्याफिन ट्याब्लेट्स र जीवन जल हस्तान्तरण गरिएको हो ।
पराजुलीको सौजन्यमा बिहीबार प्रदान गरिएको स्वास्थ्य सामग्री नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ र कांग्रेसका उपमहानगर सभापति श्याम प्रोख्रेललाई हस्तान्तरण गरिएको छ । अनुसन्धान केन्द्रका सभापति विश्वराज शर्माले औषधिजन्य सामग्री प्रदान गरेका हुन् ।
सो अवसरमा केन्द्रका कोषाध्यक्ष विजय चौधरी, केन्द्रीय सदस्य इन्द्रकुमार लिम्बू, वडा १० का सभापति पावेलराईलगायतको उपस्थिति रहेको थियो ।