पाँचथर। पाँचथरको सुख्खा क्षेत्र कुम्मायक गाउँपालिकाको डिप बोरिङ खानेपानी लिफ्ट गर्न सौर्य ऊर्जा जडान गरिएको छ । सङ्घीय खानेपानी ढल व्यवस्थापन कार्यालय इलामले ८० लाख ९३ हजारको लगानीमा पानी लिफ्ट गर्न सोलार प्यानल जडान गरेको हो ।

कार्यालयको आर्थिक वर्ष २०७९/०८० को ८० लाख ९३ हजारको लागतमा पाँच वटा डिप बोरिङको खानेपानी लिफ्ट गर्न सौर्य ऊर्जा जडान गरिएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना इलामका प्रमुख सुरतलाल चौधरीले बताए ।

यस अघि विद्युत् महसुल र कर्मचारी व्यवस्थापन गर्दा लागत महसुल महँगो भई खानेपानी व्यवस्थापनमा पनि समस्या उत्पन्न भएको भन्दै सोलार जडान गरिएको हो । सोलार प्यानल जडानसँगै विद्युत् महसुल र कर्मचारी खर्च बचत हुने र न्यूनतम शुल्कमा स्वच्छ खानेपानीको पहुँचमा नागरिकलाई जोड्न सकिने चौधरीको भनाइ छ । 

गाउँपालिकाको ५ वटा डिप बोरिङ खानेपानी लिफ्ट गर्न ९ हजार ८ सय २५ वाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ । प्रति सोलार प्यानलबाट प्रतिकिलो वाट ६५५ सौर्य ऊर्जा उत्पादन हुन्छ । सोही क्षमताको ५ वटा डिप बोरिङमा ८० वटा सोलार प्यानल जडान गरिएको सिस्टम एण्ड इर्नेर्जी प्रालि पोखराले जनाएको छ ।

yasok pani 1

प्राविधिक दिपेश योङहाङले बताए । जडान गरिएको सोलारबाट बिहानदेखि बेलुकासम्ममा खानेपानी लिफ्ट हुने प्रालिका प्राविधिक दिपेश योङहाङले बताए । प्रत्येक खानेपानी योजनामा सेन्सर समेत जडान गरिएकाले यसमा विद्युत् र कर्मचारी आवश्यक नपर्ने उनको भनाइ छ ।’ 

कोसी प्रदेश सरकारले ३ वर्षअघि खानेपानीको हाहाकार मच्चिएपछि कुम्मायकका ५ स्थानमा डिप बोरिङ खानेपानी योजना १ करोड ६० लाखको लागतमा सञ्चालनमा ल्याएको थियो । विद्युत् महसुल र कर्मचारी व्यवस्थामा समस्या हुँदा नियमित खानेपानी सञ्चालनमा आउन सकेको थिएन ।

तर पछिल्लो समय सौर्य ऊर्जाको प्रयोगपछि भने नियमित योजना सञ्चालन हुने तमोर पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मेघराज निरौलाले बताए । गाउँपालिकाको पाँच वटा डिप बोरिङ खानेपानी योजना अन्तर्गत कुम्मायक–१ मल्लिडे डिप बोरिङ खानेपानी लिफ्ट गर्न ६ सय ५५ वाडको १७ पाता प्यानल, कुम्मायक–३ को देवलमा १६, कुम्मायक–४ को उत्तिसेमा १७ वटा जडान गरिएको छ ।

त्यस्तै कुम्मायक–५ को गोले डाँडा र स्वाबुङ डिप बोरिङमा १५/१५ वटाको दरले पाँच स्थानमा ८० पाता सोलार जडान गरिएको छ । जसबाट ९ हजार ८२५ वाड सौर्य ऊर्जा उत्पादन हुने अध्यक्ष निरौलाको भनाइ छ । 

गाउँपालिकामा सञ्चालन हुँदै आएको देशकै ठुलो पम्पिङ प्रणालीको खानेपानी योजना सञ्चालन हुँदै आएको छ । सोही खानेपानी सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको  तमोर पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले डिप बोरिङ खानेपानी योजनाको पनि जिम्मेवारी पाएको समितिकै महासचिव जकेन्द्र लावतीले बताए ।

दुवै खानेपानी योजनालाई एकीकृत गरी उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको लावतीको भनाइ छ ।