पाँचथरको फिदिम नगरपालिकामा  सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने  १३ जना घाइते भएका छन् । 

झापाबाट ताप्लेजुङ तर्फ गइरहेको  मे १ ज १९४१  नम्बरको  जिप (ट्याक्सी) मंगलबार मेची राजमार्ग अन्तर्गत  नगरपालिकाको वडा नम्बर  २ स्थित कृष्ण मन्दिर नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार १४ जना घाइते भएका मा एक जनाका उपचारको क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हरि खतिवडाले बताएका छन् । 

प्रहरी कार्यालयका अनुसार सूचना अधिकारीका अनुसार घाइते हुनेहरू मध्ये गम्भीर अवस्थाका ६  जनालाई विराटनगर रेफर गरिएको छ भने अन्यको पाँचथर अस्पताल मै उपचार भइरहेको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका काठमाडौँ बल्खुकी वर्ष २० को मिना लिम्बु , पाँचथर फिदिम १० याङनामकी वर्ष ४० कि सबिना विक, पाँचथर फाल्गुन्नद ३ का वर्ष ३५ का राम नेम्बाङ, मिक्ववाखाेला ५ वालुङ सिम्बुका २६ वर्षीया इसेपिमा सेपा र  चालक, दानाबारी  ८ का २६ वर्षीय  अर्जुन विकलाई  थप उपचारकालागि विर्तामाेड र  विराटनगर रिफर गरिएको  प्रहरीले जनाएको छ । 

WhatsApp Image 2023-07-25 at 15.26.15


दुर्घटनामा परि घाइते हुनेहरूमा पाँचथर हिलिहाङ १ बस्ने वर्ष २५ का रोशन श्रेष्ठ, २३ वर्षीय भूपेन्द्र श्रेष्ठ, ताप्लेजुङ सिरिजंघा ३ फावाखोलाका  वर्ष ३० को सरोज मादेन, फक्तालुङ ३ का वर्ष २४ को अजय लिम्बू, 

इलाम सिद्धिथुम्काकी वर्ष १४ कि निरुता सेन्चुरी, कालिकोट पतन्जली गाउँपालिका १ का वर्ष २२ को सुमन खड्का,  फिदिम नगरपालिका १० याङनाम बस्ने वर्ष ५ कि पुस्तिका विककाे , ताप्लेजुङ याङ्वारक १ का २३ वर्षीय बुद्धहाङ लिम्बू, काे जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहकाे  प्रहरीले जनाएको छ । 

 दुर्घटना सवारीको प्राविधिक समस्याका कारण भएको हुनसक्ने अनुमान गरिएको भए पनि दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।