नेपाली दर्शनशास्त्री देश सुब्बाद्वारा प्रतिपादित ‘भयवाद’ बारे धरानमा विमर्श गरिएको छ । 

नेपाली मौलिक दर्शनका रुपमा विश्वभर चर्चा पाएको भयवादबारे धरानमा विद्वानहरुले विमर्श गरेका छन् । 

आज शुक्रबार धरानमा प्रमुख वक्ताका रुपमा भयवाद प्रवर्तक देश सुब्बासँगै विद्वानहरु डा. दिवाकर रेग्मी, डा. राम्जी तिमिल्सिना र प्राज्ञ मुनाराज शेर्माले विमर्श गरे । विमर्शको सहजीकरण डा. अस्मिता विष्टले गरेकी थिइन् । 

भयवाद अध्ययन केन्द्र धरानद्वारा आयोजित कार्यक्रममा अध्यक्ष प्राडा टंकप्रसाद न्यौपानेले भयवादबारे विषय प्रवेश गरेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन प्राध्यापक दीपक न्यौपानेले गरेका थिए । 

Bhayabad_Bimarsha_blastkhabar (2)

भयवाद प्रवर्तक सुब्बाले मानिस भयबाट सञ्चालित, निर्देशित र नियन्त्रित छ भन्ने मुख्य दर्शन प्रतिपादन गरेका छन् ।

कार्लमाक्र्सले मानव समाजलाई आर्थिक सम्बन्धहरुका आधारमा आदिम युग, सामन्ती युग, पुँजीवादी युग, समाजवादी युग र साम्यवादी युगमा वर्गीकरण गरेजस्तै सुब्बाले पनि भयका आधारमा युगको वर्गीकरण गरेका छन् । 

उनले आदिम निम्न भय युग (आदिम सिकारी युग), पूर्व मध्यम भययुग (कृषि भय), सामन्ती भययुग (दास युग), औद्योगिक भययुग, आणविक भययुग, साइबर भय युग, अन्तरिक्ष भययुग, भाइरस भययुग र चरम भययुगका रुपमाका रुपमा समाजको वर्गीकरण गरेका छन् ।