विजयपुर । धरान उपमहानगरपालिका–११ सेवालुङ चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सन्जुहाङ लिम्बुको घरमा खानतलासी गर्दा उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले जुवाको खालबाट १२ बुङ तास र नगद ५ लाख ९२ हजार ५०० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ पर्नेमा धरान–१६ जोरखसुवाका ३३ वर्षीय सोम तामाङ, धरान–११ का २४ वर्षीय सविन राई, ४० वर्षीय दिनेश राई, ४९ वर्षीय घरधनी सन्जुहाङ लिम्बु, २४ वर्षीय मचिन लिम्बु, ३२ वर्षीय पूर्ण राई, ४१ वर्षीय सन्तोष तामाङ, १७ वर्षीय रविन रसाइली र ४१ वर्षीय सुवास तामाङ रहेका छन् ।
त्यस्तै, धरान–१९ का ५० वर्षीय ओम राई र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का ३५ वर्षीय अशोक साँवा पनि पक्राउ परेका छन् ।
पक्राउ परेका ११ जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।































