यामाहा हिमालय रोडिज–५ को अडिसन भोलि इटहरीमा हुँदैछ । 

मुलुकका आठ सहरमा हिमालय रोडिज सिजन–५ को ‘फिजिकल अडिसन’ हुने तय भएअनुसार भोलि १३ गते इटहरीमा हुने भएको हो । 

आजदेखि बर्दिवासबाट सुरु भएको ‘फिजिकल अडिसन’ भोलि इटहरीपछि १४ गते हेटौंडा, १५ गते भरतपुर, १६ गते बुटवल, १७ गते नेपालगञ्ज, १९ गते पोखरा र २१ गते काठमाडौंमा हुने छ ।

टिम यल्लो, टिम ग्रिन, टिम रेड र टिम ब्ल्यूको क्रमशः दिया,  लाउरे, अनुप र प्रियंकाले लिड गर्दैछन्  भने होस्टमा सुरजसिंह ठकुरी रहेका छन् ।  

पाँचौं सिजनको यामाहा हिमालय रोडिजलाई सिमोस सुनुवारले निर्देशन गरेका छन् ।