धरान । धरानस्थित हाम्रो डान्स एकेडेमीको आयोजनामा बिहीबार सम्पन्न तेस्रो डीडीआईमा रेखा अधिकारी च्याम्पियन भएकी छन् ।
रेखाले १४ फानलिस्टलाई पराजित गर्दै नगद ३० हजार रुपैयाँसहित डीडीआई–३ को उपाधि जितिन् । प्रतियोगितामा फस्ट रनरअप रिजना राई र सेकेन्ड रनरअप नव्या सर्खना भएकी छन् । उनीहरूले क्रमशः २० र १० हजार रुपैयाँसहित ट्रफी पाए । विजेताहरूलाई एकेडेमीले तीन महिनासम्म निःशुल्क डान्स प्रशिक्षणको पनि अवसर पाएको कार्यक्रम संयोजक दिवस श्रेष्ठले जानकारी दिए ।

धरान–१५ स्थित चुम्लुङ हिम परिसरमा सम्पन्न प्रतियोगितामा १५ जना फाइनलिस्ट रहेका थिए । विजेताहरूलाई एसपी भीम दाहाललगायतले पुरस्कार वितरण गरे । गत जेठबाट सुरु भएको प्रतियोगितामा सुनसरीका १६ वटा स्कुलका २ सयभन्दा बढी विद्यार्थी सहभागी रहेका थिए ।
