पढाई सकिएपछि के गर्ने ? धेरै जसो विद्यार्थीको दिमागमा स्पष्ट योजना हुँदैन । उनीहरु अलमलमा पर्छन् । रोटरी क्लब अफ धरानले भने पढाई पछि के गर्ने ? भन्ने विषयमा अभिमुखीकरण गराएको छ ।

क्लबको टिच कार्यक्रम अन्र्तगत धरान १२ स्थीत सिटी कलेजमा कार्यक्रम सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सिटी कलेजका जम्मा ५५ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक दिभा श्रेष्ठका अनुसार विधार्थीहरुलाई पढाई पछि के गर्ने, कसरी उद्यमशिल बन्ने, बैंकिङ क्षेत्रमा अवसरका क्षेत्रहरु के छन्, विमा क्षेत्रमा कसरी अगाडि बढ्न सकिन्छ ? जस्ता  विषयमा रोविन श्रेष्ठ, आयुष्मा शाक्य र सरिता न्यौपानेले सहजिकरण गरेका थिए ।

rot

क्लबले हरेक वर्ष टिच कार्यक्रम अन्तर्गत विभिन्न शैक्षिक गतिविधीहरु संचालन गर्दै आईरहेको छ । सोहि क्रममा यस वर्ष पनि शिक्षा सँग सम्बन्धीत प्रौढ शिक्षा संचालन, विभिन्न शिक्षा सँग सम्बन्धित तालिमहरु संचालन गरिरहेको छ । त्यसैगरी वाल विकास र हेप्पी चाईल्ड कार्यक्रमहरु पनि छिट्टै गर्न लागेको टिच कार्यक्रमका संयोजक विनयलाल श्रेष्ठले बताए ।

सोहि अवसरमा रोटरी क्लब अफ धरान र सिटी कलेज, धरानले विभिन्न शैक्षिक तथा महिला सशक्तीकरण सम्बन्धि तालिम, कार्यक्रमहरुको आयोजना गर्ने बारे ५ वर्षे लिखित सम्झौता गरेको सिटी कलेजका अध्यक्ष आशिष मास्केले बताए ।

कलेज र संस्था बिचको सम्झौताले गुणस्तरिय शिक्षा र महिला सशक्तीकरण अभियानमा सकारात्मक परिणाम ल्याउन यस सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने  क्लबका प्रेसिडेन्ट ईलेक्ट दिनेश श्रेष्ठले बताए । कार्यक्रममा कलेजका उपाध्यक्ष राजुमान श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।