विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२  प्रतियोगिताको फाइनलमा २६ जना छनौट भएका छन् । 

सुनसरीको इटहरी, धरान र विराटनगरमा अडिसनबाट २६ जना किशोरी छनौट भएका हुन् । 

फाइनलमा छनौट भएकाहरूमा ओखलढुङ्गाकी सम्झना बस्नेत, सोनिया राई, धनकुटाकी नुमाफुङ लिम्बु, मुना लिम्बु , अपसनी राई, लेटाङकी शिला गहतराज, स्मृति लामा (तामाङ), सिरहाकी ऐश्वर्या कुमारी सिंह, महोत्तरीकी सानी खातुन (नेहा), विराटनगरकी बबिता राय, निरिछा मण्डल, इनरुवाकी श्रुति कुमारी उरा‘व रहेकी छिन् ।

यस्तै  खोटाङकी चाँदनी राई, भोजपुरकी सपना राई, धरानकी गीता लिम्बु, निरुता राई, तृप्ता राई, ईशु मगर,  तेह्रथुमकी विनीता लिम्बु (हाङमा),  सुनसरी राम धुनीकी भावना राई, सुन्दरहरैचाकी सफायर राई, भोजपुरकी समीक्षा श्रेष्ठ, इटहरीकी प्रतिभा थापा (एलिना), दिया घिमिरे, दुहबीकी सिर्जना लुइँटेल,  र सप्तरीकी  दिब्यानी चौधरी रहेकी छिन् । 

फाइनलमा छनौट भएका किशोरीहरू बन्द प्रशिक्षणमा रहेका छन् । उनीहरूलाई विभिन्न क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिने गरिएको जय मिडिया म्यानेजमेन्ट प्रालिको सिइओ निशा खतिवडाले जानकारी दिइन् । 

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हुँदै आएको छ । अहिले हुन लागेको सातौँ संस्करणको मिस कोशी हो । सातौँ संस्करणको मिस कोशी भव्य र सभ्य तरिकाले हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।  प्रतियोगिताको फाइनल असोजमा हुने बताइएको छ । प्रतियोगिताको विजेताले स्कुटी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन् ।