धरान । मोडल हन्ट नेपालको उपाधि मोनिका अधिकारी र विवेक खड्गीले जितेका छन् ।

अधिकारी नुवाकोटावासी हुन् भने खड्गी काठमाडौँवासी हुन् । शनिबार काठमाडौँमा सम्पन्न प्रतिस्पर्धामा विजेता भएका उनीहरूले ५ लाख रुपैयाँ बराबरको उपहार प्राप्त गरेका छन् ।

विजेता उनीहरूले आगामी १ देखि १५ सेप्टेम्बरसम्म थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनल’ र ‘मिस्टर अटुरिजम वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । प्रतियोगितामा सम्राट सिंह र मल्लिका फैजु फस्टरनर अप स्मृति श्रेष्ठ र सुरज गोयन्का सेकेन्ड रनर अप चुनिएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

प्रतियोगिताको निर्णायकमा नूतन श्रेष्ठ, नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, राजभाइ सुवाललगायत रहेका थिए । प्रतियोगितामा कृपा श्रेष्ठ र आदर्श श्रेष्ठ मोष्टइस्टाइलिस, विवेक खड्गी र साइच्छा थापा बेस्ट पर्सनालिटी, सारा राई र कर्मा तोपग्ये बेस्ट वाक, एन्जल राई र उगल लिम्बू मिष्टर एन्ड मिस मल्टिमिडिया, रुविन श्रेष्ठ र पल्पसा श्रेष्ठ पब्लिक च्वाइस, स्मृति श्रेष्ठ र सम्राट प्रताप सिंह मोष्ट फोटोजेनिक, मल्लिका फैजु र मौसम देवन राई बेस्ट फिजिक र फिगर, सरन एरिक विलियम्स र मोनिका अधिकारी कर्मसियल मोडल, सूर्य महर्जन र स्तुति श्रेष्ठ मष्ट पपुलर विजेता बनेका थिए ।