धरान । धरानमा भइरहेको सौन्दर्य प्रतियोगिता ‘वाईवाई मिस धरान आइकन २०२२’ को फाइनल प्रतिस्पर्धा आगामी शुक्रबार हुने भएको छ ।

ब्ल्याक पिग इन्टरटेन्मेन्टको आयोजनामा भइरहेको प्रतियोगिताको बुधबार ‘प्रि–जजिङ’ राउन्ड सम्पन्न भएको छ । प्रतिस्पर्धामा सहभागी १८ जनामध्ये प्रि–जजिङ राउन्डबाट छानिएका १२ जनाले साउन २० गते शुक्रबार हुने फाइनल प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको संयोजक सौगात रिजालले बताए ।

प्रतियोगितामा आशमाया लिम्बू, सुमिना विश्वकर्मा, सकुन्तला फुयाल, सबु बराइली, स्वेच्छा थापा मगर, निवा लिम्बू, डेनिस्ना श्रेष्ठ, नमिता राई, रोजनी लिम्बू, विपिका लिम्बू, प्रिती साह, प्रजना राई, रानु श्रेष्ठ, सृष्टि लामा, सेली श्रेष्ठ, खुसी बस्नेत, स्वेता पोखरेल र सारा गुरुङ सहभागी छन् । उनीहरूलाई व्यक्तित्व विकाससम्बन्धी विभिन्न प्रशिक्षण दिइएको ब्ल्याक पिगका निर्देशक बुलेटहाङ तिगेलाले बताए ।