श्री शालवाहनिय शाके १९४३ ने.सं.११४२ वि.सं. २०७९ साल श्रावण १९ गते बिहिबार, ४ अगस्ट २०२२, नल संवत्सर, श्रावण शुक्लपक्षको षष्ठि तिथि ०५ः५६, बजेसम्म उप्रान्त सप्तमी, नक्षत्र चित्रा १९ः०१ बजेसम्म उप्रान्त स्वाती, चन्द्रराशि–कन्या, सुर्योदय ०५ः२८ बजे र सुर्यास्त ०६ः५१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्ना काममा अरूको भरपर्दा दुस्ख पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। पछिका लागि खर्चको जोहो गर्नुपर्ला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम सजिलै सम्पादन हुनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पढाइलेखाइमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम सम्बन्ध मा सफलता मिल्नेछ ।होटल ब्यवसाय बाट प्रशस्त लाभ मिल्ने छ ।