धरानमा भइरहेको प्रदेशस्तरीय एसइई स्टेट  वान सिङ्गङ आइडल सिजन– २ को फाइनलमा गायिका  मिलन नेवार आउने भएकी छन् । 

असार १७ गते  कार्यक्रम धरान–१५ स्थित याक्थुङ चुम्लुङ भवनमा हुने फाइनलमा गायिका नेवार निर्णायकको रूपमा आउने भएकी हुन् । नेपाली पार्श्व गायनको शीर्ष स्थानमा रहेकी नेवार  ‘गाला रातै’  ‘बट स्लोली स्लोली’  ‘जहिलेसम्म संसारमा’, ‘शिरीमा शिरी’ जस्ता गीतहरू चर्चामा छन् । उनको पछिल्लाे गीत फुलबुट्टै सारी निकै लोकप्रिय बनेको छ । 

मुख्य निर्णायकको रूपमा आउँदै गरेकी  गाइका नेवार यस अघि भ्वाइस अफ नेपाल किड्स, सिङ्गिङ सुपर स्टारमा पनि निर्णायकको रूपमा काम गरिसकेकी छिन् । 

१० जना प्रतिस्पर्धीहरूबिच हुने फाइन कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रदेश १ मा प्रदेश प्रमुख मा. पर्शुराम खापुङ्ग आउने आयोजक फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टिभीका अध्यक्ष डम्बरकुमार तुम्वापोले बताए । 

अध्यक्ष  तुम्वापोका अनुसार डान्सिङ स्टार सिजन–१को पनि फाइन हुने छ । नेपाली प्रतियोगिताको अडिसन राउन्डमा  प्रदेश १ का विभिन्न जिल्लाबाट ३ सय जनाले सहभागिता  रहेको विभिन्न चरण गरी फाइनलमा १० जना छनोट भएका छन् । 

पहिले अडिसनदेखि गायनतर्फ भ्वाइस अफ नेपालका फाइनलिष्ट विकास लिम्बू, सङ्गीतकार विनायक राई निर्णायक रहेका थिए । नृत्यतर्फ छमछमीका उपविजेता मनिता राई र कोरियोग्राफर प्रितम सम्बाहाम्फे रहेका थिए ।

फाइनल चरणको  छनौट प्रक्रियाका लागि ५० प्रतिशत निर्णायकबाट, ३०  प्रतिशत पब्लिक भ्यूजबाट, १० प्रतिशत अनुशासनबाट अङ्क  दिइने अध्यक्ष तुम्बापोले जानकारी दिए । उनका अनुसार फाइनलका लागि टिकटकको व्यवस्था गरिएको छ । 

 गायन र नृत्य दुवैतर्फका  विजेताले ५० हजार रुपैयाँ नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति, दोस्रो हुनेले ३० हजार रुपैयाँ नगद, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति र तेस्रो हुनेले  १५ हजार रुपैयाँ नगद र प्लस टु पढ्न ५० छात्रवृत्ति प्राप्त गर्ने प्रालिका अध्यक्ष  तुम्वापोले जानकारी दिए ।
 इभेन्ट कोअर्डिनेटर तिर्थ कार्कीका अनुसार कार्यक्रममा निर्णायकहरूको पनि प्रस्तुति रहने  छ ।