काठमाडौँ । ‘मिस एसईई नेशनल २०२२’ को उपाधि दृष्टि बस्नेतले जितेकी छन् ।

२१ प्रतियोगीलाई पछि पर्दै उपाधि चुमेकी हुन् । विजेता बस्नेतले विभिन्न गिफ्ट ह्याम्परसँगै प्लस २ का लागि छात्रवृत्ति एयर होस्टेज, फेसन डिजाइनिङ’ लगायत हात पारेकी छन् ।

शनिबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा प्रमिशा चौंलागाईं फष्ट रनरअप, लिपी दाहाल सेकेन्ड रनरअप, मञ्जिता कुँवर थर्ड रनरअप र सोनीका सुवेदी फोर्थ रनरअप भए । सबै विजेताले विभिन्न गिफ्ट र उपहारसमेत हात परेकी छन् ।

युहान इन्टरनेशनल आयोजक र एमी इन्टरटेनमेन्टको सहकार्य रहेको प्रतियोगितामा पब्लिक चोइस प्रमिशा चौंलागार्इं, फष्ट रनरअप पब्लिक चोइस दृष्टि बस्नेत, भ्युयुर्स चोइस प्रमीशा चौलागाई, फष्टरनरअप भ्युयर्स चोइस मञ्जिशा कँुवर, म्यानेजमेन्ट चोइस तृषा अर्याल, मिस ट्यालेन्ट लिपि दाहाल, मिस फोटोजेनिक अबिरा कार्की, बेस्ट वाक पूजा पराजुली, वेष्ट पुर्सनालिटी अरुणिमा सिंह, मिस स्टाइलिस बेलिरिना कार्की, मिस कञ्जिनालिटी लुनिभा कपाली, मोष्ट चार्मिङ श्रेना भण्डारी, मिस कन्फिडेन्ट शिवानी रे, मोस्ट इन्टेलिजेन्ट सेनीका सुवेदी, मोस्ट एक्टिभ जिज्ञाशा केसी लगायतले हात पारे ।

धीरज तण्डुकार, ब्युटिसियन स्वस्तिमा राजभण्डारी, पर्यटन व्यवसायी तथा समाजसेवी सङ्गीता रौनियार, मोडल सौगात शर्मा, ‘मिस टिन नेशनल २०२२’ की विजेता सायुरी श्रेष्ठलगायत निर्णायक रहेको प्रतियोगिताको केरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।