धरान । चलचित्र ‘द सिक्रेट अफ राधा’ को प्रदर्शन मिति अगाडि सारिएको छ ।

यसअघि भदौ २४ गते प्रदर्शन हुने भनिएको चलचित्र भदौ १० गतेदेखि प्रदर्शन हुने भएको हो । मङ्गलबार निर्माण टिमले एक पोष्टर सार्वजनिक गर्दै भदौ १० गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।

सुवर्ण थापाले निर्देशन गरेको चलचित्रमा सृष्टि श्रेष्ठ, सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय छ ।