विराटनगर ।  मिस्टर एण्ड मिस एसईईको  अडिसनबाट २० जना छनौट भएका छन् । विराटनगरमा भएको पहिलो र दोस्रो अडिसनबाट २० जना छनौट भएका हुन् । 

जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा तेस्रो अडिसन जेठ २७ इटहरी र जेठ २८ गते विराटगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । 

एसईई दिएर बसेका विद्यार्थीहरूमा भएका प्रतिभा उजागर गर्नुको साथै व्याक्तित्व विकास गर्ने र पढाइप्रति पनि अभिरुची बढाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले प्लस टुमा निःशुल्क छात्रवृती प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृती पाउने आयोजकले जनाएको छ ।

बिजेता हुने मिस र मिस्टर दुवै जनाले विराटनगरस्थित कान्तिपुर कलेजमा पूर्ण छात्रवृत्ति पाउनेछन्  । फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृत्ति र अर्गनाइजेशन च्वाइस हुनेले ६० प्रतिशत छात्रवृति पाउनेछन् । छात्रवृत्ति पाउने प्रतियोगिले विज्ञान, व्यवस्थापन र होटल म्यानिजमेन्ट मध्ये कुनै पनि विषय रोजेर पढन पाउनेछन् ।